पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २४, काठमाडौं | बलिउडका तीन अभिनेतालाई सरकारले कारबाहीको सूचना पठाएको छ। शाहरूख खान, अक्षर कुमार र अजय देवगनलाई सरकारले सूचना पठाएको हो।

उनीहरूले सुतिजन्य पदार्थको विज्ञापन गरेको कारण केन्द्रिय सरकारले यस्तो सूचना पठाएको हो। सरकार पक्षको वकिलले यो बारे उच्चतम न्यायालयतर्फबाटै सुनुवाइ भएको बताउँछन्। केन्द सरकारले इलाहाबाद उच्च न्यायालयको लखनउ बेञ्चलाई पान मसाला विज्ञापनको मामिलामा अभिनेताहरूलाई कारबाही गर्न सूचना जारी गरेको जानकारी दिएको छ।

योबारे न्यायालयले ९ मे २०२४ सुनुवाई गर्ने भएको छ। न्यायधिस राजेश चौैहानको एकल इजलासले अवहेलना याचिका पारित गरेको थियो। चौहानको एकल इजलासले केन्द्र सरकारलाई याचिकाकर्ताको प्रतिनिधित्वमा निर्णय गर्न निर्देशन दिएको हो। पानमसलाको प्रचारले युवा पुस्तालाई असर पुर्याएको भन्दै उनीहरूलाई कारबाही गर्न यस्तो आदेश दिएको हो।

न्यायालयले यसबारे गत अक्टोबर २२ मा सरकारलाई प्रतिवेदन दिएको थियो। तर अभिनेताहरूलाई कारबाही भएन। यसपछि उच्च न्यायालयले केन्द्र सरकारको कैबिनेट सचिवलाई नोटिस जारी गरेको हो। शुक्रबार भएको सुनुवाइपछि सरकारले यी अभिनेताहरूलाई यस्तो सूचना पठाएको हो।