Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 10, 2023 समाज

आरती साह हत्या प्रकरणः मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न माग

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २४, काठमाडौँ | आरती साह हत्या प्रकरणमा सर्वोच्च अदालतले आरोपित मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि पक्राउ नपरेको घटनाप्रति आम जनता पार्टी (आजपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

‘विगत १७८ दिनदेखि अनवरत न्यायको पर्खाईमा संघर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केहि राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भईरहेको विशेष महत्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भैईरहेको ढिल्लासुस्ती एंव् उदाशीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शंका उत्पन्न भएको छ’, आजपाका प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्य पक्षको यस्तो लापरवाही एवं अकर्मण्यताले आरोपित फरार भएमा त्यसको र त्यसबाट सृजित हुनसक्ने विषम एवं जटिल परिस्थितिको जिम्मेवारी कसले लिने भन्दै उनले विज्ञप्तिमार्फत प्रश्न गरेका छन् ।

प्रभु साह नेतृत्को सो पार्टीले यस विषयको गम्भीरतालाई जिम्मेवारीबोधका साथ पालना गर्दै साहलाई यथाशीघ्र गिरफ्तार गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।