Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 10, 2024 समाज

ललितपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीया युवतीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २५, काठमाडौँ | ललितपुरमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका बस्ने २० वर्षीया गायत्री श्रेष्ठ छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसो गोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक, बाडेगाउँको सडकमा बा २१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

बोलेरोको ठक्करबाट स्कुटरमा सवार श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। प्रहरीले उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पाटन अस्पतालमा उपचार भइरहेको छ।

बोलेरो चालकलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।