Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 11, 2024 समाज

जर्मनीबाट ६ लाख लाइसेन्स कार्ड आज आउँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, काठमाडौँ | जर्मनीको म्युह्लवार कम्पनीले ६ लाख लाइसेन्स (चालक अनुमति पत्र) छाप्ने कार्ड बिहीबार काठमाडौँमा पठाउँदै छ। उक्त कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड बिहीबार पठाउन लागेको हो। बाँकी ६ लाख कार्ड ४५ दिन भित्र पठाउने भएको छ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जर्मनीबाट ६लाख कार्ड कतार एयरलाइसेन्सबाट आउन लागेको बताए। उनका अनुसार माघ महिनाको पहिलो हप्ताबाट कार्ड छापिन सुरु गरिने छ। विभागसँग भएको मेसिनलाई चौबिसै घण्टा चलाए पनि विभागसँग एक दिनमा ७ हजार कार्ड छाप्ने क्षमता रहेको रिजालले जनाए। ‘कार्ड आउने बित्तिकै कार्डको ल्याब टेस्ट गर्न फेरि जर्मन पठाउँछौ। जर्मन पुगेर आउन करिब एक हप्ता लाग्छ’रिजालले भने,‘त्यसपछि लगत्तै छपाई सुरु गछौ।’ विभागका अनुसार अहिले कार्डको प्रतीक्षामा १४ लाख ५८ हजार सवारी चालक अनुमति पत्र पास भएका तथा नवीकरण गरेका  सवारी चालक छन्।

विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असार महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको हो। विभागसँग भएका सीमित कार्डबाट निकै थोरै संख्यामा कार्ड छाप्ने काम भइरहेको छ। विभागका अनुसार अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्।