२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई ९ महिना कैद सजाय

२०८०, २२ चैत्र बिहीबार ०९:५३

चैत २२, काठमाडौँ । बलात्कारको मुद्दामा फसाइदिने भन्दै १० लाख मागी ब्ल्याकमेल गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।

जाहेरवालाका अनुसार रिनाले बलात्कारको मुद्दामा फसाइदिने भन्दै सुरूमा ३० हजार रूपैयाँ नगद लिएकी थिइन् । त्यसपछि थप १० लाख रूपैयाँ मागेपछि जाहेरवाला प्रहरीकहाँ पुगेका थिए । जाहेरवालाका पक्षबाट बहस गरेका अधिवक्ता विकास गिरीले ‘हनी ट्रयाप’ को मुद्दामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय भएको बताए ।

रिनाका अनुसार १५/२० दिनअघि मात्र ह्वाट्सएपमा चिनजान भएका जाहेरवालासँग उनको गत असार २२ गते एयरपोर्ट अगाडिको रेस्टुरेन्टमा भेट भएको थियो । त्यहाँ ८ वटा वियर खाएपछि आफू बेहोस अवस्थामा पुगेको र ब्यूँझदा आफू नग्न अवस्थामा भएको र जाहेरवाला पनि नग्न अवस्थामा देखिएको अदालतमा बयान दिएकी थिइन् ।

रिनाले आफू त्यहाँबाट उठेर गएपछि भोलिपल्ट जाहेरवालालाई फोन गर्दा जाहेरवालाले आफूबाट गल्ती भएको र त्यसको क्षतिपूर्ति तिर्न तयार छु भनेर बैंक खाता नम्बर मागेपछि आफूले दिएको बताएकी छिन् । पैसा दिने भनेर बोलाउँदा जाहेरवालाले प्रहरी लगाएर आफूलाई पक्राउ गरेको उनको बयान थियो । काठमाडौं जिल्ला अदालतले रिनालाई पुर्पक्षका लागि ५० हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह