पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ७, काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ- 'हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा. हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।'

परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।