Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ३२ गते, बिहान ४:०९ बजे
काठमाडौँ - KTM

पर्सामा सडकमा जमेको पानीमा डुबेर फेरी अर्की बालिकाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३२, पर्सा । केहि दिन अघि रौतहटमा जमेको पानीमा डुवेर ४ बालबालिकाहरुको मृत्यु भएको खबर सेलाउन नपाउँदै पर्साको ठोरीमा फेरी एक बालिकाको जमेको पानीमा डुवेर मृत्यु भएको छ ।

पर्सा जिल्लाको सुवर्णपुर गाँउपालिका–२ हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको छ ।  उनी ठोरी एकेडेमीमा कक्षा २ मा अध्यनरत थिइन् ।

हनुमाननगरमा निर्माण भइरहेको बाटोको खाल्टोमा जमेको पानीमा डुबेर उनको ज्यान गएको हो । राहत बोकेर आएको हेलिकप्टर हेर्न जाने क्रममा ति बालिका पानीमा डुबेकी हुन् ।