Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १३ गते, बिहान ५:२८ बजे
काठमाडौँ - KTM

सुनसरीमा बसको ठक्करबाट एकको मृत्यु

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 फागुन १३, इनरुवा | सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । ठक्कर दिने बस जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । रासस