Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर ०६ गते, बिहान ११:२० बजे
काठमाडौँ - KTM

बर्दियामा यात्रुबाहक बस दुर्घटना: एकको मृत्यु, १५ घाइते, ५ जना गम्भीर

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, गुलरिया | बर्दियामा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने १५ यात्रु घाइते भएका छन् । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा १ । 

३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 

अन्य १० घाइतेको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।