Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर २२ गते, बिहान ९:२० बजे
काठमाडौँ - KTM

दाङमा एक महिलाले एकैपटक तीन बच्चा जन्माइन्

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २२, दाङ | दाङकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी गौमती बुढाले एकै पटकमा तीन बच्चाको जन्म दिनुभएको हो । नेपालगञ्ज मेडिकल कलेजमा तीन बच्चालाई जन्म दिनुभएकी स्थानीय देवा धितालले जानकारी दिनुभयो ।

उहाँले पहिलो सन्तानको रुपमा एउटा छोरा र दुईवटी छोरीको जन्म दिनुभएको हो । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो भएपछि घर पठाइएको नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले जानकारी दिनुभयो । तीनवटै बच्चाको तौल २ दशमलब ५ किलोभन्दा बढी रहेको छ । गौमतीका श्रीमान् विदेश हुनुहुन्छ । रासस