Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो जन्म दिन मनाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।