Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण ३० गते, बिहान ११:२५ बजे
काठमाडौँ - KTM

राहदानी विभागले भोलिदेखि कार्यालय समय परिवर्तन गर्दै, कति बजेदेखि खुल्छ ? हेर्नुहोस्

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३०, काठमाण्डौ । राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय ९ बजेदेखि खोल्ने भएको छ ।

शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुलाउन लागिएको राहदानी विभागले जनाएको छ । सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ । 

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो ।