३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बुहारीलाई भलिबल अनिवार्य

१९ चैत्र २०७२, शुक्रबार ०७:३९
नयाँ बुहारी राम्री, जाँगरिली र परिबार ढपक्कै ढाक्ने हुन् भन्ने चाहना सबैको हुन्छ । तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यतिले मात्रै पुग्दैन । उनी भलिबल खेल्न सक्ने समेत हुनुपर्छ । ९५ प्रतिशत मगर समुदाय बसोबास रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल राख्छिन् उति नै असल ठहरिन्छिन् । त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन् । नभए दिनहुँ अभ्यास गराएर भए पनि सिक्न लगाइन्छ ।

भलिबल नजानेकी बुहारी भित्रिए अरू बुहारीले सिकाउँछन् । बर्सेनि गाउँमा लाग्ने मेलामा छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गर्छन् । त्यसका लागि स्थानीय बूढापाका र परिवारका सदस्यले साथ दिन्छन् । ‘श्रीमती अहिले भलिबल अभ्यासमा जुटेकी छन्,’ लेस्पारका कुमार पुनले भने, ‘गाउँमा मेलाको तयारी भएकाले दुई महिनायता घरको काम म आफैं गर्दै आइरहेको छु ।’ नयाँ वर्षको स्वागतमा गाउँमा मेला लाग्छ । दुई महिना अघिदेखि नै प्रत्येक परिवारले बुहारीलाई अभ्यास खेलका लागि हरेक दिन मैदान पठाउँछन् ।

‘म पहिले पनि अलिअलि खेल्थें,’ बुहारी गौदेवी पुनले भनिन्, ‘बिहेपछि परिवार पाएको अवसरलाई हौसलाका रूपमा लिएकी छु ।’ भलिबल खेल्न जानेपछि परिवारमा राम्रो सम्मान पाइने अनुभव उनले सुनाइन् । आगामी मंगलबार सुरु हुने मेलामा स्थानीयस्तरका मात्रै आधा दर्जनभन्दा बढी बुहारी समूह छन् । प्रत्येक समूह दुई महिनाअघि देखि नै छुट्टाछुट्टै अभ्यासमा जुटेका हुन् ।

भलिबल जित्ने समूहलाई गाउँमा अभिनन्दन गरिन्छ । यसले परिवारको इज्जत बढ्ने भएकाले पछिल्लो समय बुहारीको भलिबल पारिवारिक प्रतिष्ठाको विषय बन्न थालेको हो । ‘भलिबलमा जित्ने बुहारीको घरमा छुट्टै शान हुन्छ,’ स्थानीय सिर्जनशील युवा क्लबका अध्यक्ष रामबहादुर पुनले भने, ‘त्यसैले पनि हरेक परिवारले बुहारीलाई अनिवार्य खेल्न पठाउँछन् ।’

स्थानीयवासीले भलिबललाई महिलाको स्वास्थ्यसँग जोडेर हेर्ने गरेका छन् । भलिबल खेल्दा बाथ, जोर्नी र पेटको समस्या कम हुनुका साथै निरन्तरको अभ्यासले बच्चा जन्मिँदा हुने प्रसव पीडा पनि कम हुने २४ वर्षीया खेलाडी देउमाया पुनले बताइन् । यस्ता खेलमा विशेषगरी १८ देखि ३० वर्षका बुहारीलाई पहिलो प्राथमिकता दिने गरिएको गाविस सचिव शेखरप्रसाद घिमिरेले बताए । ‘गाउँको सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिन गाविसका कार्यक्रममार्फत बर्सेनि बजेट छुट्याउने गरेका छौं,’ उनले भने । आजको कान्तिपुरमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन