Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २९ गते, अपराह्न ३:५१ बजे
काठमाडौँ - KTM

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २९, काठमाडौँ (रासस) सर्वोच्च । अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।   न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि  सामेल गराउन अन्तरिम आदेश दिएको हो । 

सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१)को कार्यान्वयन नगर्न नगराउनसमेत आयोगलाई दिएको आदेशमा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको सङ्क्रमणको विशेष व्यवस्थामा परीक्षासम्बन्धी मापदण्डमा कोभिड –१९ को सङ्क्रमणबाट सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो । 

संङ्क्रमित परीक्षार्थीलाई पनि सुरक्षित तरिकाले परीक्षाको व्यवस्थापन गर्न माग गर्दै मानवअधिकार रक्षक सञ्जालसंँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले रिट निवेदन दिनुभएको थियो । 

“सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नू गराउनू”, आदेशमा भनिएको छ, “स्वघोषित सङ्क्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू ।

”आदेशमा महामारीका समयमा परीक्षा सञ्चालन हुन लागेका अवस्थामा आयोगको मापदण्डले संंङ्क्रमित  मात्र परीक्षा दिन वञ्चित भई उनीहरुको संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाका आधारमा विभेदविरुद्धको हक, छुवाछूत तथा भेदभावविरुद्धको अधिकारको समेत उल्लङ्घन हुन जाने बताइएको छ ।