Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक १८ गते, बिहान ६:३१ बजे
काठमाडौँ - KTM

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १८, विराटनगर | मंगलबार बिहान  विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको विराटनगर- ११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए |

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो । २७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

१४ कात्तिकमा भर्ना भएका वराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो |