Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ १३ गते, अपराह्न ४:४७ बजे
काठमाडौँ - KTM

सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, काठमाडौं | गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएका अर्जुन विक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ परेका छन् ।

 १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइल गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका थिए । 

। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विकलाई गत बिहीबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । विकविरुद्ध गत भदौ ११ गते कैलाली अदालतमा अभियोगपत्र दर्ता भएको थियो । 

अभियोगपत्रमा विकले २०७३ जेठ ३० गतेदेखि २०७७ साउन १५ गतेसम्म पीडितलाई काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित कोठामा बन्धक बनाएको र बलात्कार गरेको उल्लेख छ । 

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानी स्थायी घर भएका ‘छित्ता’ भनेर चिनिने २४ वर्षीय विकविरुद्ध ईलाका प्रहरी कार्यालय भजनीमा उजूरी परेको थियो ।