Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ १६ गते, बिहान ९:२० बजे
काठमाडौँ - KTM

असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, काठमाडौँ । गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ ।शाखाले बिहीबार झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । 

झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ ।

यसअघि सहनशीलाका भाइ प्रमोदले मन्दिरको पूजा गर्दै आएकामा विदेश गएपछि उहाँलाई पुजारीमा नियुक्त गरिएको हो । झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो । लगत दरबन्दीअनुसारको नित्य र पर्व पूजाबापतको खर्च पाउने गरी नियुक्त गरिएको संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।