Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ १८ गते, बिहान ११:४७ बजे
काठमाडौँ - KTM

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 माघ १८, काठमाडौँ (रासस) । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले  आज जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो । सो क्रममा महासङ्घले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ ।