Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २० गते, राति २:१७ बजे
काठमाडौँ - KTM

बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २०, काठमाडौँ । उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो ।

राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । 

बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए ।

‘नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ’, श्रेष्ठले भने, ‘बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।’ यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।