Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २७ गते, अपराह्न ३:२६ बजे
काठमाडौँ - KTM

दाहाल र नेपालद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, काठमाडौँ (रासस) । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ । 

विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन जनसमुदायलाई आह्वान गर्नुभएको छ । यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।