Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख १७ गते, दिउँसो १:०० बजे
काठमाडौँ - KTM

बिहारका मुख्यसचिव अरुण कुमारको कोभिड–१९ सङ्क्रमणको कारण निधन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १७, पटना (रासस/एएनआई) । बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ को सङ्क्रमण पछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा शुक्रबार निधन भएको छ । 

सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का जो वरिष्ठ अधिकारी हुनुहुन्थ्यो । कोरोनाभाइरस परीक्षणमा उहाँमा सङ्क्रमण पुष्टि भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा नै निधन भएको बिहारका मुख्यमन्त्री नीतिश कूमारले बताउनुभएको छ । 

जनता दल युनाइटेडका सर्वोच्च नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि उहाँ यसै बर्षको फेब्रुअरीमा बिहारको मुख्य सचिवका रूपमा नियुक्त हुनुभएको थियो । 

सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो । 

बिहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका छन् भने भारतीय यस राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ । 

भारतले बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख ८६ हजार ४५२ पुगेका, तीन हजार ४९८ को मृत्यु भएको छ । बिहीबार कोभिड–१९ सङ्क्रमित करिब तीन लाख सङ्क्रमणमुक्त भएका छन् ।