Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख १८ गते, बिहान ११:१६ बजे
काठमाडौँ - KTM

५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? (विवरण सहित)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ३ नमूनाको पिसिआर परीक्षण र ५ सय ६६ जनाको एन्टिजेन गरी १४ हजार ९ सय ६९ नमूना परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ७ सय ६ जना र एन्टिजेन विधिबाट ५७ जना गरी ५ हजार ७ सय ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना गरी दुई हजार ४ सय ९५ संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमित संख्या ४३ हजार २ सय १३ रहेको छ। 

 योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ८५.९ प्रतिशत छ । गत २४ घण्टामा १२८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९८ पुगेको छ।