Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

सोलार लिप्टबाट पानी आपूर्ति

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, दाङ । वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएका यहाँका स्थानीयवासीलाई खानेपानीको समस्या टरेको छ । 

तुलसीपुर–२ सुनौलीपुरमा सोलार सिस्टममार्फत लिप्ट प्रक्रियाद्वारा पानी ल्याएपछि उनीहरुलाई खानेपानीको सहजता भएको हो । तुलसीपुर नगरपालिकाको रु चार लाख ७५ हजार र स्थानीयको रु दुई लाखको लागतमा पानी गाउँमा ल्याइएको हो । विगतमा एक गाग्री पानी ल्याउन दुई घन्टा समय लाग्ने गरेकोमा हिजोआज घरनजिकै पानी भर्न पाएको स्थानीय हरिसरा गिरीले बताउनुभयो । 

“पानी लिन खोलामा जानु पथ्र्यो, अहिले घर नजिकै धारामा पानी आउँदा सहज भएको छ,” उहाँले भन्नुभयो । बिहान र साँझ गरी दैनिक चार घन्टा पानी आउने गरेको छ । 

तुलसीपुर नगरपालिकाले एक हजार २०० वाटको सोलार प्यान जडान गरेर पानी आपूर्ती गरेको नगरपालिका सव–इन्जिनियर राधेश्याम उपाध्यायले बताउनुभयो । अर्को वर्ष सो क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माण गरेर धारा वितरण गरिने उहाँको भनाइ छ । नगरपालिका पहाडी क्षेत्रभित्रका १, ७, १७ र १६ नं वडामा पनि विस्तार गरिने बताइएको छ । सोलार प्यानको पावरमार्फत मोटर लगाएर सिमधाराबाट ४० एमएमको ९सवा इन्ची० पोलीथिन पाइपबाट ४० घरधुरीलाई पानीको आपूर्ती गरिएको छ । रासस