Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ ३१ गते, बिहान ७:०२ बजे
काठमाडौँ - KTM

झलनाथ खनाल अस्पताल भर्ना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३१, काठमाडौँ (रासस)। नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको  सल्लाहअनुसार नै आज भर्ना गरिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि आउनुभएका उहाँ चिकित्सकको सल्लाहमा  नै अस्पतालमा आराम गर्नका लागि भर्ना हुनुभएको हो । 

“केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो”, उहाँले भन्नुभयो, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो  ।”

उहाँले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार  गरिएको थियो ।