बिजय थापा | पुस ३, वाशिंगटन डीसी | आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि डीसीमा छनौट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय थापा | पुस ३, वाशिंगटन डीसी | आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि डीसीमा छनौट "/>
2026-06-24 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा रारा गोल्ड कप खेल्न अमेरिकाबाट १८ जना खेलाड़ीहरु छनौट

बिजय थापा | पुस ३, वाशिंगटन डीसी | आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि डीसीमा छनौट प्रक्रिया सफलता पूर्वक संपन्न भएको छ  |

डीसी क्षेत्रको भर्जिनियामा आज अमेरिकाको बिभिन्न राज्यहरुबाट आएका करीब ५० जना दोश्रो पुस्ता तथा  नेपालमा राष्ट्रीय स्तरमा खेली सकेका खेलाड़ीहरु बिच भएको छनौट प्रकियामा छनौट प्रक्रिया समितिले अंतिम १८ जना खेलाड़ीलाई छनौट गरेको छ   |

खेल समाप्त पछि रात्रि भोजनको आयोजना सँगै छनौट प्रक्रिया समितिले १८ जना उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीको घोषणा सबै खेलाड़ीहरुलाई एक दुई दिन भित्रमा सूचना दिने बताए  | 

सबै खेलाडीलाई यसपाली छनौट भएन भनेर निरास नहुन आग्रह गर्दै यस पाली नभए अर्को साल हुन्छ भन्ने सोच्न आग्रह गरेको छ | सबैलाई आ-आफ्नो ठाउँ जानू भन्दै उत्कृष्ट खेलाड़ीको छनौट हुने प्रतिबद्धता जाहिर गरेका छन  | 

निर्णय छनौट प्रक्रिया समितिले अंतिम समयमा १८ जना खेलाड़ी बाहेक ६ जना अन्य अतिरिक्त खेलाड़ीहरुको पनि छनौट गरिने जानकारी दिएको छ  | 

यसको अतिरिक्त कम्तिमा ३ जना ब्यवस्थापन समिति बाट पनि खेलाड़ीहरुलाई नेपाल लिएर जाने भएका छन  | एएनए ,नेपाली अमेरिकन फूटबल (भकुण्डो) टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने छ  |

आज बिहान छनौट प्रक्रिया खेल प्रारम्भ गर्नु अगाडी औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहेका अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की ९बिद्या वारिधिले शुभकामना मन्तब्य दिएका थिए  | 

कार्यक्रमलाई सौजन्यता गर्ने बिशिष्ट ब्यक्ति, खेलाड़ी, कार्यक्रम संयोजन गर्ने अधिकारी, छनौट प्रक्रियाका पदाधिकारी, एएनए का पदाधिकारीले छोटो मन्तब्य राखेका थिए  | 

अमेरिकामा जन्मेका दोश्रा पुस्ता सहितको नेपालीज अमेरिकन सकर टोलीलाई हौशला तथा प्रोत्साहन दिन डीसी बासी नेपाली समुदायको उपस्थिति रहेको थियो  |

एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्तब्य राख्दै प्रक्रिया छनौट पूर्ण निष्पक्ष तथा खेलाड़ीको प्रदर्शन अनुसार छनौट हुने बताए  | अधिकारीले संस्थाका सभापति शम्भू ढुंगाना तथा एएनएका शुभचिंतक अम्बिका अधिकारीको तर्फ बाट शुभकामना सन्देश सुनाएका थिए  | उनले यस्ले नेपाल र अमेरिकाको खेलकूदको साथै खेलाडीहरुको समेत बिकास हुने बताए  | 

बिहान छनौट प्रकिया खेल अगाडी चंद्र लामा, मुकुंद ढुंगाना, उमेश प्रधान, गौरी जोशी, बिना खडका लामा, मेदिनी अधिकारी, बानाका पूर्व अध्यक्ष बिजय श्रेष्ठ लगायत अन्यले मन्तब्य राखेका थिए  | 

मन्तब्य दिनेहरुले अमेरिकाबाट नेपाली मुलका खेलाड़ीहरु मातृभूमि पुगी खेल्न लागेको यो पहिलो अवसर भएकोमा हर्ष ब्यक्त गरेका थिए  | 

सहारा क्लब द्वारा आयोजना हुने आहा गोल्ड कप प्रतियोगिता सन् २००२ देखि संचालनमा रहेको छ भने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ  | 

एएनएन को यो बिशेष पहलले समाजमा राम्रो सन्देश पुगेको छ | सकारात्मक रुपमा समुदायले हेर्न थालेका छन   | संस्था अझ मजबूत हुने छ भन्ने बिस्वास गरिएको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते