बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा "/>

2026-06-24 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा रारा गोल्ड कप खेल्ने नेपाली अमेरिकन सकर टोलीको नामावली सार्बजनिक

2016-12-21


बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ l​ ​गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको छ l

आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको हो l​ ​​छनौट प्रक्रिया समितिमा रहेका नेपाल का पूर्व राष्ट्रीय खेलाड़ी उमेश प्रधान ,बिनोद खरेल ,सूरज थापा,प्रदीप हुमागाई तथा कुमार शेरचनले उक्त खेलाडीहरुको छनौट गरेका हुन l 

गोल कीपरहरुमा बाल्टीमोर एथलेटिक क्लबका निस्चल पंडित तथा डीसीका रेनेरो पचेको छनौटमा परेका छन l यसै गरि रक्षा पंक्तिमा ६ जना खेलाडीहरुमा पेम्बा योगर ,डालास गोर्खाज टेक्सास ,रोबिन सुब्बा एनवाईएनऍफ़सी न्यूयॉर्क ,टीचोसो अवाइड ,डीसी ,हेरोन राइ ,न्यूहेम्पशायर  तथा विज्ञान श्रेष्ठ डिसीऍफ़सी छनौटमा परेका छन l

यसै गरि मध्य पंक्तिमा पनि ६ जना खेलाडीहरुमा प्रतिक सिंह ,एनवाईएनऍफ़सी न्यूयोर्क ,कमल छेत्री एनवाईएनऍफ़सी न्यूयोर्क  ,किरण लामा एनवाईएनऍफ़सी न्यूयोर्क ,रोशन देवकोटा ,डालास गोर्खाज टेक्सास, परहंग लिम्बु ,एनवाईएनऍफ़सी  न्यूयोर्क तथा एबे मार्कोस डीसी छनौटमा परेका छन l​ ​यसै गरि अग्रपंक्तिमा ,अमृत तामांग,डिसीऍफ़सी ,शिशिर विश्वकर्मा ,बाल्टीमोर एथलेटिक क्लब ,उमेश पांडे डलास गोर्खाज टेक्सास तथा सोलोमन आजिग्बे डीसी छनौटमा परेका छन  l

यसै गरि आरक्षित खेलाड़ीहरुमा प्रलय राजभंडारी ,एनवाईएनऍफ़सी न्यूयोर्क  ,बिबेक तामांग बाल्टीमोर एथलेटिक क्लब , निरंजन केसी ,डालास गोर्खाज टेक्सास, रोशन घिमिरे डीसीएफसी ,टेनिस कटवाल डीसीएफसी तथा धीरेन मापचन,न्यू हेम्पशायर छनौट मा परेका छन l

आज सार्बजनिक गरिएको छापा विज्ञप्तिमा छनौट भएका सबै खेलाडीलाई अनिवार्य तथा उच्च प्राथमिकताको साथ ३ दिन भित्र क़ानूनी तथा आधिकारिक राहदानी (पासपोर्ट ) उपलब्ध गराउन आब्हान गरिएको छ l​ ​र यस बिषयमा बिस्तृत जानकारी लिन नेपाल अमेरिकन भकुण्डो टोलीका संयोजक चंद्र लामा संग संपर्क गर्न बिशेष आग्रह गरिएको छ l

संयोजक चंद्र लामाले अनिवार्य रुपमा कागजात बुझाउनु पर्ने र धेरै काम गर्नु पर्ने भएकोले यसलाई गंभीरता पुर्वक लिन आग्रह समेत गरेका छन l​ ​र ​,​छनौट भएका सबै खेलाड़ीहरुलाई पूर्व अभ्यास समेत गराउनु पर्ने हुनाले आगामी दिसम्बर २४ तारीख देखि नै पुनः खेलाडीहरु डीसी आउनु पर्ने बताए l

एएनए ,नेपाली अमेरिकन सकर (भकुण्डो )टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने छ l ​ ​गत दिसम्बर १७ तारीख डीसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए l

सहारा क्लब द्वारा आयोजना हुने आहा गोल्ड कप प्रतियोगिता सन् २००२ देखि संचालनमा रहेको छ भने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l उक्त खेलमा अमेरिका बाट प्रथम पटक अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाड़ी सहित अन्य खेलाड़ीहरुले आहा गोल्ड कप खेल्ने छन l 

अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्व कांक्षी परियोजना हो l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक