Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १९ गते, दिउँसो २:१८ बजे
खेलकुद

लुम्बिनीको चौथो विकेट पतन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | लुम्बिनीको चौथो विकेट पतन भएको छ। कप्तान रोहित पौडेल ४६ रन बनाएर आउट भएका छन्। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आक्रामक ब्याटिङ गरेका उनी अर्धशतक बनाउन भने चुके।

त्यस्तै टम मुरेज २० रनमा आउट भए। १७ बलमा उनले १ चौका र घ छक्का प्रहार गरे। यसअघि लुम्बिनीका अशुतोस घिरिया १५ रन र अर्जुन साउद १७ रन बनाएर पेभेलियन फर्किएका थिए। लुम्बिनीले १३ ओभरको समाप्तिमा १३२ रन बनाएर खेलिरहेको छ।