Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन ३१ गते, बिहान ७:५४ बजे
काठमाडौँ - KTM

रियो ओलम्पिकमा पदक लिन जाँदा विवाहको प्रस्ताव यसरी आयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरे । काईको प्रस्ताव हिले स्वीकार गरिन् । यो दृष्य टेलिभिजनमा प्रत्येक्ष प्रशारण पनि भएको थियो । किनले गएको हप्ता पुरुष तीन सय मिटर सिनक्रोनाइजड् स्प्रिङबोर्ड डाइभिङमा कास्य पदक जितेका थिए । आफूहरु गएको ६ वर्षदेखि प्रेममा रहेको तर किनले यसरी विवाहका लागि प्रस्ताव गर्लान् भन्ने आशा नगरेको हिले बताइन् । उनले भनिन् ‘उसले धेरै कुरा भने, धेरै वाचा गरे, मैले त्यो भन्दा पनि उसलाई जिन्दगीभर विश्वास गर्न सक्छु भन्ने लागेर विवाहका लागि हुन्छ भनेकी हुँ ।’  एजेन्सीको सहयोगमा