बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

Posted on: 15 Jan, 2024

माघ १, पोखरा | स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

स्याङ्जा काली गण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै आज बिहान ग १ ख ४१५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रु ३० वर्षीय अजित बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको स्याङ्जा प्रहरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!