2026-06-24 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा सेनाले गर्यो ‘कु’, संसद र बिमानस्थल सेनाको कब्जामा, ४२ जना मारिए

स्तानबुल । टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । सैन्य कु पछिको भिडन्तमा टर्कीको राजधानीमा ४२ जना सर्वसाधारणले ज्यान गुमाएको डेलिमेलले जनाएको छ ।

शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ ।

एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरियो ।

तर, सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन् । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले बिद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई बिफल बनाउन लागिएको दावी गरेका छन् ।

सीएनएनसँग कुरा गर्दै टर्कीका राष्ट्रपतिले आफु स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सवै कुरा नियन्त्रणमा लिने बताए । उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरे ।

प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भनेपनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन् ।

संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ । स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ । 

अचानकको कुको खवरले टर्कीका जनता र अन्तराष्ट्रिय समुदायसमेत अलमलमा परेको बीबीसीले जनाएको छ । स्तानबुल र अंकारामा बिष्फोटका आवाज सुनिएको र कु को बिरोधमा सडकमा उत्रिएकाहरुविरुद्ध सेनाले गोली चलाएको सामाजिक संजालमा स्थानीयवासिन्दाले खवर दिएका छन् ।

बिद्रोही सैनिकहरुको समूहको कुको बिपक्षमा रहेका सैनिक जर्नेललाई समेत नियन्त्रणमा लिएर सेनाको कमाण्ड आफ्नो हातमा लिएको बताइएको छ ।

टेलिभिजनमा समाचारवाचकमार्फत् सैन्य कु भएको बक्तब्य पढ्न लगाइएको भए पनि कुन तहको सैनिक नेतृत्वले कु को नेतृत्व गरिरहेको हो भन्ने प्रष्ट हुन सकेको छैन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले आगामी केही घण्टा टर्कीमा सत्ता आफ्नो नियन्त्रणमा लिन सैनिक र गैरसैनिक पक्षवीच कडा संर्घष हुनसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्ततराष्ट्रिय समुदायलाई आह्वान गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे