पढ्न करिब 1 मिनेट लाग्छ
मंसिर २४, काठमाडौं | मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। मेक्सिकोको चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन्।
ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्। दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।









