सुनचाँदीको भाउ घट्यो

Posted on: 08 Sep, 2020

भदौ २३, काठमाडौं । सुनको मूल्य घट्न थालेको छ । मंगलबार सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य  तोलामा ३ सय रुपैयाँले घटेको हो । सोमबार तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ । सोमवार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!