१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक’

१४ बैशाख २०८१, शुक्रबार ०९:५३

बैशाख १४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री पुष्पकल दाहाल समेत उपस्थित कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भईरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउ । ’


वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोडदिए ।

अर्को प्रसंगमा निर्वतमान अध्यक्ष मल्लले १६औं पञ्चवर्षिय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबीच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए । पञ्चवर्षिय योजना महत्वकांक्षी हुने तर कार्यन्वयन पाटो निकै फितलो हुदा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाई छ ।

निर्वतमान अध्यक्ष मल्लले आगामी बजेट बस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाउनुपर्ने उनले बताए । बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको मल्लको भनाई छ ।

निर्वतमान अध्यक्ष मल्लले सार्वजनिक, निजी साझेदारीलाई प्रोत्साहन गर्नेगरी योजना बनाउनु पर्ने समेत राष्ट्रिय योजना आयोगलाई सुझाव दिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट