नेकपा माओवादी केन्द्र रणसिंहकिटेनीमा समिति गठन

Posted on: 07 Mar, 2017

फागुन २४, बागलुङ । नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका अन्तरगत रणसिंहकिटेनी गाविसको वडा नम्बर–४ र ५ लाई समेटेर टोल ईकाई समिति तथा विभिन्न जनबार्गिय संगठन गठन गरिएको छ । 

दुबैवडाको संयुक्त भेलाले भिमबहादुर काउचाको अध्यक्षतामा १५ सदस्यीय टोलईकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्ष देवानन्द काउचा, सचिव सेरबहादुर घर्ती र सहसचिव काजी काउचा रहनुभएको छ । 

अनिल श्रीसको संयोजकत्वमा योङ्ग कम्युनिष्ट लागि वाईसिएर र अनिल विश्वकर्माको संयोजकत्वमा दलित मुक्तिमोर्चा गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेले प्रश्तावित स्थानिय तहको कार्यान्वयनपछि राज्यको सेवा नागरिकको घरदैलोबाट प्रवाह हुने बताउनुभयो । 

उहाँले माओवादी आन्दोलनले उठाएका संघियता, समानुपातिक समावेशिता जस्ता प्रगतिशिल मुद्धाको कार्यान्वयनमा पनि माओवादीकै अगुवाई चाहिने भन्दै आगमी निर्वाचनमा पार्टिलाई बालियो बनाउने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा वाईसिएरका जिल्ला सचिवालय सदस्य राजनकुमार पाईजा र अर्का सचिवालय सदस्य मिलन रेश्मी मगरले युवाहरु संगठन निर्माण र पार्टिले गरेका कामको बारेमा स्थानिय नागरिकलाई सचेत बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । 

कार्यक्रम भिमबहादुर काउचाको अध्यक्षता र सेरबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!