२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

२७ बैशाख २०८१, बिहीबार ०८:५८

बैशाख २७, काठमाडौँ । ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।

यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको समाचार छ । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घर छाड्न बाध्य भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्यांक अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन् । यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ ।

एक अनुमान अनुसार यो बर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठूलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले