२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

२०८१, २७ बैशाख बिहीबार ०८:५८

बैशाख २७, काठमाडौँ । ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।

यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको समाचार छ । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घर छाड्न बाध्य भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्यांक अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन् । यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ ।

एक अनुमान अनुसार यो बर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठूलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?