विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा लैजादैछन्: पौडेल

Posted on: 09 Mar, 2017

फागुन २६, पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्तो अरोप लगाएका हुन् ।

 वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन गराउनको लागि सरकार लागि रहेको बेलामा मधेसी मोर्चा र एमालले पहिले संसदको चुनाव गराउनुपर्छ भन्दै अबरोध गर्नु देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हो उनले भने ।

बाग्लुङको कुस्मीसेरमा हुन लागेको आजको सभालाई सम्बोधन गर्न आएका पौडेलले कार्यक्रमको पूर्व संध्यामा पर्वतमा कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

 उनले एमालले अहिलको अबस्थामा मेची महाकाली जागण अभियानको नाउमा देशमा अतिबाद लाद्न खोजेको उनले आरोप लगाए  । अभियानका क्रममा मधेसमा भएको घटनाप्रति उनले लक्षित गर्दै भने एमालेले नेपालीलाई हिमाल, पहाड र तराईमा विभाजन गर्न खोजेको छ तर नेपाली काँग्रेसले सवैलाई समान देखेको छ । 

एमाले मधेसी मोर्चा र नागरिकको अधिकार र अस्तित्व स्वीकार नगर्ने निषेधको राजनीति गरेकोले अहिलेको अबस्थामा स्थानीय तहको चुनाव हुन्छ भन्नेमा अझै पनि स्पष्ट भन्न नसकिने बताए । उनले  चुनावको लागि एमालेका कारण अझै बातबरण तयार नभएको बताए ।

उनले मधेसी मोर्चाको माग सम्बोधन गर्नुको विकल्प नभएको भन्दै निषेधको राजनीति कसैले गर्न नहुने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!