चन्द्र भण्डारी वेलायतको प्रधानमन्त्री मात्र नभई अमेरिकाको समेत राष्ट्रपति

Posted on: 04 Nov, 2017

प्रेम सुनार/कात्तिक १८, गुल्मी ।  शुक्रबार  गुल्मीको सदरमुकाम तम्घसमा पत्रकार सम्मेलनमा चन्द्र भण्डारीले बोलेको कुरा निकै चर्चामा आएको छ । 

भुलवस वेलायको प्रधानमन्त्री आफु बन्नु पर्ने दावा भण्डारीले गरेको समाचार आए पनि भिडियो हेर्दा–सुन्दा उनले आफु वेलायत कि त अमेरिकाको राष्ट्रपति बन्नु पर्ने दावा गरेको पाईएको छ ।

पत्रकार सम्मेलनमा भण्डारीले एकदम हड्बडिदै भनेका छन्–‘गुल्मीमा मैले यति धेरै विकास गरे कि म त बेलायत कि त अमेरिकाको राष्ट्रपति हुनु पर्ने हो ।’’उनको यो भनाईलाई समाजिक सञ्जालमा विपक्षीहरुले निकै व्याङ्ग गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!