गुल्मीमा प्रतिनिधी सभा उमेदवारसहित सयौं एमालेमा प्रवेश

Posted on: 08 Nov, 2017

प्रेम सुनार/कात्तिक २२, गुल्मी । नेकपा मालेका पोलिट व्युरो सदस्य रामचन्द्र बलामी, केन्द्रीय कमिटी  सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको उमेदवारी दिएर वाम गठबन्धनलाई समर्थन जनाएका भरतमणी ज्ञवाली सहित सयौ नेता कार्यकर्ता  नेकमा एमालेमा प्रवेश गरेका छन् ।

उनिहरुलाई  एमालेका अध्यक्ष केपी शर्मा आली नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  पार्टी प्रवेश पछि नेता ज्ञवालीले यो अभियान गुल्मी जिल्लामा मात्र नभई, देशैभर चलेकोले सम्पुर्ण बाम एकै ठाम भन्ने मुल नारालाई अवलम्बन गरेको बताए । 

उनले म आफु गुल्मी जिल्लावासी भएको, लामो समय देखि कम्युनिष्ट आन्दोलनमा लागेकोले, फुटेर होइन अब जुटेर कम्युनिष्ट एक ढिक्का भई  हिँजोको लाल किल्ला गुल्मी जिल्ला बनाउन सपथ लिएर गुल्मी आउने उद्घोष गरे  ।

 पत्रकारिता पेशाबाट राजनितीमा सक्रिय हुनुभएको ज्ञवाली प्रभावशाली नेता मानिन्छन् । कम्युनिष्टका नाममा जनमत विनाको पार्टीमा रहिरहनु भनेको निहित  स्वार्थका लागि च्याँखे थाप्नु शिवाय अरु केहि हुन नसक्ने उनको बुझाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!