प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने काँग्रेसको निर्णय

Posted on: 31 Jan, 2019

माघ १७, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ।  

बिहीबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभए सदन अवरुद्द गर्ने बताए ।

प्रतिनिधिसभामा अधिकतम शक्ति प्रयोग गरेर विधेयक पारित गरेकाले त्यसको विरोध राष्ट्रियसभामा पनि हुने उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!