विषादीयुक्त तरकारी तथा फलफुल बोकेको भारतीय गाडी नाकामै जलाउँने चेतावनी

Posted on: 08 Jul, 2019

असर २३, काठमाडौँ | हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम र सरकार सँगको माग पत्र सार्वजनिक गरेको छ । करिब भुमिगत शैलिमा आफ्नो राजनितिक गतिविधी संचालन गर्दै आएको उक्त पार्टीले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

शनिवार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाम्रो पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय निर्वाचन प्रणाली सहित हिन्दु राज्यको पक्षमा आफ्नो पार्टी खडा भएको जनाएको छ । उक्त पार्टीले चिन र भारत दुवैको नेपाल माथि थिचोमिचो रहेकाले दुवै देशसँग आवश्यकता र समानताका आधारमा सम्बन्ध कायम गर्नुपर्ने निति लिएको जनाएको छ । 

पार्टी निति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गर्दै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्डले आफ्नो पार्टीको निति नेपालमा एनजिओ आइएइजीओ बन्द गराउँने रहेको बताए । उनले नेपाललाई विभिन्न देशको खुपीया एजेन्सीहरुको मैदान बनाउँन खोजिएको भन्दै त्यसलाई परास्त गरेरै छोड्ने बताए । कार्यक्रममा ब्रम्हाण्डले विषादीयुक्त भारतीय गाडी चेकजाँच नगरी नेपाल भित्राउँने काम बन्द नगरे नाकामै भारतीय गाडी जलाउँने उद्घोष समेत गरे ।

उक्त कार्यक्रममा अध्यक्ष ब्रम्हाण्डले निति कार्यक्रम भन्दा बाहिर गएर आफ्नो पार्टीले जनतालाई धोका दिए आफुहरुलाई बाँच्ने अधिकार नभएको भन्दै जनताले फासीँ दिए पनि आफुहरुलाई स्विकार्य रहने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!