विप्लव समूहका केन्द्रिय सदस्य सहित चार कार्यकर्ता पक्राउ,को-को हुन् ?

Posted on: 28 Dec, 2019

पुस १२, काठमाडौँ | सरकार द्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ | उनलाई शनिबार प्रहरीले सुनसरीबाट पक्राउ गरेको हो |

सुनसरी चक्रघट्टीबाट भुजेलसँगै मेची-कोशी कमाण्ड सहईञ्चार्ज सुमन सिंह, त्यस्तै मोरङ ईञ्चार्ज नरेश चौलागाईँ र क्षितिज पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ | 

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!