३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

२० बैशाख २०८१, बिहीबार ०७:३५

बैसाख २०, काठमाडौँ । साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ ।


यसको विरोधमा मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले साउदी अरबलाई उक्त महिलालाई सजायबाट मुक्त गर्न आग्रह गरेका छन् । मानाहेल अल-ओतैबीलाई जनवरीमा सजाय सुनाइएको थियो ।

यसैबीच साउदी अरेबियाले भने संयुक्त राष्ट्र मानव अधिकार कार्यालयलाई आफ्नो औपचारिक प्रतिक्रियामा अल-ओतैबीलाई सामाजिक सञ्जाल पोस्टको लागि सजाय दिइएको अस्वीकार गरेको छ । यसले उसलाई आतंकवादी अपराधको लागि दोषी ठहराएको र  उसको विचार र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास वा उसको सामाजिक सञ्जाल पोस्टहरूसँग कुनै सरोकार नभएको बताएको छ ।

संयुक्त राष्ट्र संघले फिटनेस प्रशिक्षकलाई दोष दिएकोमा साउदी अरेबियाको आलोचना गरेको बताइएको छ ।

एम्नेस्टीका अनुसार अल-ओतैबीकी बहिनी फौजियामाथि पनि यस्तै आरोप छ, तर २०२२ मा सोधपुछका लागि बोलाएपछि उनी साउदी अरेबियाबाट भागेकी थिइन् । एम्नेस्टी अभियानकर्ताहरुले हालैका वर्षहरूमा साउदीको योजनाबद्ध महिला अधिकार सुधारहरूको खोक्रोपनलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् ।

साउदी अरब एक कट्टर इस्लामिक देश हो, जुन पहिले वहाबी विचारधाराको सबैभन्दा ठूलो समर्थक थियो। तर सन् २०१७ मा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले महिलाको हैसियतमा परिवर्तन ल्याउने वाचा गरेका छन् र कैयौं क्षेत्रमा सुधार पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’