ओलीले मोदीलाई भने:‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु'

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | मंगलबार बिहान नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडिओ कन्फेरेन्स मार्फत विराटनगरमा निर्माण सकिएको इन्टिग्रेटेड चेकपोस्ट, गोरखा र नुवाकोटमा बनेका ५० हजार घर उद्घाटन गरेका छन् |


भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् | र दुइ देशबीच थाति रहेका मुद्दा सुल्झाउने बेला आएको पनि उनको भनाई छ | ओलीले भने,‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ |'

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् | उनले भने,‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु। यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने छ |' मोदीले सुरुमा नेपाल कस्तो छ भनेर सोधेका थिए | 

नेपाल भारत बिच सम्बन्ध मजबुत रहेको बताउँदै ‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौं। मलाई आशा छ यो नयाँ दशक भारत-नेपाल सम्बन्धको स्वर्णीम दशक बनोस् | मोदीले भने, | भ्रमणको निम्तो दिएकोमा ओलीलाई धन्यवाद दिंदै नेपालमा फेरि भेट हुने समेत मोदीले दोहोर्याए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!