कांग्रेस संसदको प्रश्न,सरकार यतीसँग सति जानुको कारण के हो ?

Posted on: 12 Feb, 2020

माघ २९, काठमाडौं | बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस संसद डिला संग्रौलाले यती समूहसँग सरकार सति जानुको कारण के हो भनेर प्रश्न गरेकी छिन् | 

सरकारले काठमाडौंको गोकर्ण रिसोर्ट, ताहाचल, दरबारमार्गको जग्गा, पाथीभरा, धरान, शिवपुरीको जग्गा पनि यति समूहलाई कौडीको भाउमा दिएको भन्दै प्रश्न गरेकी हुन् | ‘सरकार यतीसँग सति जानुको कारण के हो ? सरकारले एउटा ब्यापारी समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण के हो ?’ उनले प्रश्न गरिन |

चिनको हुवानमा कोरोना भाइरसले प्र्भावित भएका बेला प्रधानमन्त्री भने सारंगी ररेट्दैमा व्यस्त रहेको बताइन | उनले भनिन् ‘चीनमा अलपत्र नेपालीले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान्, कति लाज माने होलान् ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!