राप्रपा र राप्रपा संयुक्त बिच एकता

Posted on: 11 Mar, 2020

फागुन २८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्त बिच एकता भएको छ | बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले अब पार्टी कहिल्यै पनि नफुट्ने बताएका छन् |

अध्यक्ष थापाले फेरि पार्टी फुट्छ कि भन्ने आशंका नराख्न कार्यकर्ताहरूलाई आस्वासन दिएका छन् | थापाले गीता पुस्तक छोएर अब पार्टी फुट्दैन भन्दै विश्वस्त हुन् आग्रह गरेका छन | थापाले गीताको पुस्तक छुँदै भने, ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

उनले पार्टीलाई माया गर्ने कार्यकर्तालाई र मतदातालाई अब राप्रपा कहिल्यै पनि फुट्ने छैन भन्ने विश्वास दिलाउनुपर्ने बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!