३३ किलो सुन तस्करी प्रकरण: २७ पृष्ठ लामो बयानमा के छ ?

Posted on: 28 May, 2018

जेठ १४ काठमाण्डौ | ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती 'गोरे' पक्राउ परी सार्वजनिक भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ लागिएको थियो | जिल्ला प्रहरी कार्यालयमा कागजपत्र तयार गरेपछि उनलाई अदालत उपस्थित गराइएको हो | अदालत पेश भएसँगै उनको बयान सुरु भएको थियो | 

गोरेले अदालता दिएको २७ पृष्ठ लामो आफ्नो बयानमा आफु सुन तस्करमा संलग्न भएको तर आफूमात्र दोषी नभएको बताएका छन् | ३३ किलो सुन भारतीय व्यापारीले झिकाएको र आफु उक्त सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको पनि उनले बताएका छन् । 

उनले दुबईबाट कसले सुन पाउँथे भन्ने पनि आफुलाई थाहा नभएको दावी गरे। 

दुबईबाट भारतीय व्यापारीले मगाएको सुन हराएपछि सुनका मालिकले बारम्बार हराएको सुन खोज्न आफुलाई दवाब दिने गरेको र आफैमाथि सुन चोरेका अरोप लगाउन थालेकोले आफुले  विभिन्न व्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् । 

उनले सनम शाक्यलाई कुटपिट गर्ने देखि करेन्ट लगाउने कार्यसम्म आफु संलग्न भए पनि हत्यामा संलग्न नभएको पनि बयानमा बताएका छन् । 

गोरेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!