भगवति असल शासन रेडियो श्रोता समुहको आयोजनामा अन्तरक्रिया तथा वक्तृत्वकला

Posted on: 01 Jun, 2018

जेठ १८, अर्घाखाँची | भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा दिन सुरु गरेपछि त्यसको प्रभावकारीता तथा महत्वको बारेमा छलफल तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । 

श्रोता समुहको आयोजना, सरस्वति माबि भुस्खात र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । 

१२ प्रतियोगि सहभागि रहेको प्रतियोगितामा नारायण प्रसाद पाण्डे प्रथम, सुशल पाण्डे द्धितीय, रेशम पाण्डे तृतीय र करुणा पाण्डे सान्त्वना भएका छन् । कार्यक्रममा प्रमुख अतिथि एवं एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालले शिक्षा क्षेत्रमा गुणस्तरीयता, समय सापेक्षी शिक्षा दिने सरकारले लिएको नीतिलाई पुरा गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर अभिबृद्धि गर्न पनि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । बिशिष्ठ अतिथि बिद्यालय प्राचार्य ठाकुर प्रसाद पाण्डेले बिद्यालयले बिगत लामो समय देखि नै अंग्रेजी माध्यममा शिक्षा दिन सुरुवात गरेको भन्दै गाउँपालिकाले लिएको शैक्षिक नीति र बिद्यालयको नीतिमा मेल खाएको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेष खनाल, नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश सभा सदस्य प्रेम नारायण आचार्य लगायतले कार्यक्रमले बिद्यार्थीको क्षमताको अभिबृद्धि गर्न सघाउ पुगेको बताउनुभएको थियो । श्रोता समुहका सचिव कृष्ण पाण्डेको अध्यक्षता, सहजकर्ता लक्ष्मी पाण्डेको सञ्चालन रहेको कार्यक्रममा परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले बिषयवस्तु तथा अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!