खानेपानीको हाहाकार, पानी थाप्न रातभरी लाईन

Posted on: 04 Jun, 2018

रेशमराज रोकाया | जेठ २१, हुम्ला | खानेपानी थाप्नको लागि दिउसोभरी पालो नपाउँदा रातभर लाईन बसेर पानी थाप्नको लागि नाम्खा गाउँपालिका वडा नं. १ लेक धिँगावासीको दिनचर्या नै बनेको छ । ४ हजार ५ सय मिटर उचाईको बस्तीमा १ सय ५० घरधुरीवासी खोनेपानी थाप्नकै लागि यस्तो समस्या भोग्दै आईरहेका छन् । 

गाउँमा करिब ७ किलोमिटर टाढाको वनबाट ल्याएको खानेपानीको धारा एउटै भएको र त्यो पनि प्रयाप्त नआउने भए पछि धिँगावासी वर्षौं देखी खानेपानी समस्याबाट पिडित रहेका छन् । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयलाई यहाँको समस्याको बारेमा अवगत गराउँदा पनि कुनै पहल नगर्दा यहाँका वासिन्दालाई खानेपानीको समस्या हुँदै आएको छ । दिउसो पानी थाप्नको लागि पालो नपाएर रातभरी आगो बालेर पानी थाप्न पर्छ नत्र भने खाना कसरी पकाउने भन्नेमा चिन्ता व्यहोर्नु परेको स्थानिय प्रकाश लामाले बताउनु भयो ।


खानेपानीको समस्या हुँदा राम्ररी सरसफाई गर्न समेत नपाएको स्थानियले बताउने गरेका छन् । नुहाउन र लुगा धुनको लागि २ घण्टा टाढा रहेको औल धिँगामा गएर मात्र लुगा धुन र नुहाउन पाउने गरेको यहाँका वासिन्दाको भनई रहेको छ । महिनौं सम्म पानीको अभावले नुहाउन नपाउँदा छाला रोग लगायत अन्य रोगबाट पिडित हुनु परेको स्थानिय देवी लामाले बताउनु भयो । घरमा साना बालबालिका भएका घरको लागि त यहाँको बसाई नर्क भएको स्थानियले बताए । साना बालबालिकाले फोहर बढी गर्ने र कपडामा नै दिशा पिसाब गर्ने भएका कारण कपडा धुन समस्या भएको अनुभव स्थानियको छ । लेक धिँगावासीलाई खानेपानी मात्रै भएको भए यहाँको बसाई स्वर्ग हुन सक्नेमा स्थानिय ढुक्क रहेका छन् । 

गाउँमा पालेका पशुवस्तुलाई समेत खानेपानी नहुँदा हाहाकार भएको छ । भाँडा पखालेर बचेको पानी गाउँलेले खाल्डोमा जम्मा गरेको पानी वस्तुभाउलाई खान दिने गरेका छन् । फोहोर पानी भएको कारण वस्तुभाउलाई समेत रोग लाग्ने गरेको छ । अधिकाँश चौंरीपालन गरिने यो ठाउँमा यस वर्ष मात्र पानीकै कारण १५ वटा चौंरीलाई रोग लागि गुमाउनु परेको छ । एउटा चौंरी गाईको ८५ देखी १ लाख ३० हजार सम्म मूल्य पर्ने चारैंरी गुमाउँदा लाखौंको सम्पती गुमाउनु परको छ । कहिले काहीँ पानी भर्नको लागि समस्या हुँदा औल धिँगा गाउँबाट घोडा र खच्चरबाट पानीको ढुवानी गर्नु पर्ने समस्या रहेको छ । जलवायु परिवर्तनको कारण केही वर्ष अगाडी देखी हिमालमा हिउँ नपर्दा नजिक रहेको कुवामा पानी पनि सक्न जाँदा यस्तो समस्या स्थानियले भोग्दै आएका छन् । 

बेला बेला सरोकारवाला निकायलाइ यहाँको पानीको समस्याको बारेमा भनसुन र योजना माग गरेको भएता पनि हाल सम्म कोही सरकारी तथा गैरसरकारी कार्यालयको ध्यान जान सकेको छैन । जिल्लाको विकास गर्छौ भनेर धेरैले भन्ने गरेका छन् तर कहाँ कसरी गर्छन् लेक धिँगावासीलाई पत्तो नै नभएको भनार्य रहेको छ । लेक धिँगामा धिँगा र गारापारी गाउँका स्थानियको मुख्य अन् उत्पादन हुने क्षेत्रको रुपमा चिनिएको छ । यहाँ बसेर काम नगरेमा के खानु, के लागाउनु भन्ने समस्या हुने गरेको छ । यहाँको उत्पादनले करिब ८ महिना खानको लागि अन्न उत्पादन हुने गरेको कारण यो बस्ती स्थानियले छाड्न सकेका छैनन् । परापुर्वकालदेखी यहाँको अन्नकै भरमा स्थानिय भर पर्दै आईरहेका छन् । अझ सडक सञ्जाल यहाँ जोडि पछि भविश्यमा झन् यहाँको बसाई फलदायी हुने आशामा रहेको भएता पनि खानेपानीको समस्याले रातभरी निद्रा नलाग्ने गरेको स्थानिय पेमा लामाको भनाई छ । कहिले काहिँ त पानी भर्नको लागि रातभर पालो नपाईने गरेको अनुभव स्थानियले बताउने गरेका छन् । यहाँ हात मुख धुन र कपडा धुनको लागि अनुमति गाउँलेको सल्लाहमा मनाही गरिएको छ । बाँकी पोखिएको पानी वस्तुभाउले खाने र हात मुख अनि कपडा धुँदा साबुनको कारण वस्तुभाउमा असर पर्ने हुनाले यो बन्द गरिएको हो । गाउँवासीले कपडा धुने र साबुन प्रयोग गरी कपडा धोएमा एक जनाले १० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने प्रावधान लेक धिँगा व्यवस्थापन समितिले तोकेको छ । साथै लेक धिँगावासीले मान्ने बौद्ध धर्मको पवित्र धार्मिक पुस्तक पेजे छोएर गल्ती स्वीकार्नु पर्ने र गाउँलेका अगाडी माफि माग्नु पर्ने प्रावधान राखिएको छ । खानेपानीको पालो मिचेर कहिलेकाहिँ पानी थाप्दा यहाँ महिला महिला विच भनाभन र र हात हालाहालको स्थिती समेत सिर्जना हुने गरेको छ । रातभरी नसुतेर आगो बाली पानीको पालो कुर्नु पर्ने बाध्यता रहेको छ ।

गाउँको नजिक हिमपात धेरै हुने वर्षमा प्रशस्त पानीको कुवा भएको भएता पनि हाल धिँगामा पानी नहुँदा रोगबाट धेरैले समस्या भोग्नु परेको छ । गाउँको नजिक वस्तुभाउलाई पानी खानको लागि हिमताल हुने गरेको भएता पनि हाल त्यो सकेको कारण वस्तुभाउलाई समेत समस्या हुने गरेको छ । यस क्षेत्रमा प्रशस्त फापर, आलु, चोती, तोरीको खेती गरिने भएको भएता पनि खडेरीको कारण यसको उब्जनी पनि कम हुने गरेको छ । यहाँ उत्पादित फापर, आलु र तोरी हुम्ला जिल्ला भरीको कै अर्गानकि र मिठो स्वादिस्ट हुने गरेको छ । प्रशस्त मात्रमा पाँचऔंले, कटुकी, अत्तिस, च्याउ लगायतको जडिबुटीको उत्पादन हुने र अनुकुल हावापानी रहेको भएता पनि हाल कुनै उत्पादन राम्रो गर्न नसकिएको छिटुपदोर्जी लामाले बताउनु भयो । यहाँ खानेपानीको मात्र समस्या समाधान गर्न सकिएमा भविश्यमा पर्यटनको लागि एक उपयुक्त ठाउँ हुने देखिएको छ । चिनको हिल्साबाट लिमी लाप्चा सकड यही गाउँबाट सदरमुकाम सिमिकोट जाडिसकेको छ भने ७ किलोमिटर दक्षिणमा रहेको हेप्का खोलामा पुल बनेमा चिनबाट यो गाउँको बाटो हुँदै सिमिकोट जोडिएमा पर्यटकको आकर्षक गन्तव्यस्थाल हुन सक्ने उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्ग्याल लामाले बताउनु भयो ।


तश्विरमा: खानेपानी थाप्नको लागि ३ घण्टादेखी लाईन बसेका स्थानिय महिला ।  तश्वीर: रेशमराज रोकाया

यस बिषयमा तपाइको प्रतिक्रिया...!