आलमका निधनमा शोक प्रस्ताव पारित

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उहाँ २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । साथै आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!