जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर बरालको बिदाई

Posted on: 23 Jul, 2017

पूर्णबहादुर खड्का/साउन ८, अछाम । बयालपाटा अस्पतालल पनि उहाँको बिदाई गरेको छ । 

बिगत साढे २ बर्ष देखी अछाम जिल्लामा रही काम गर्दै काम गर्दै आउनु भएका डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि उहाँको बदाई ग

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर सरद चन्द्र बराल अछामबाट बिदाई भएसंगै न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले पनि उहाँको बिदाई गरेको छ । बिगत साढे २ बर्ष देखी अछाम जिल्लामा रही काम गर्दै आउनु भएका डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि उहाँको बदाई गरिएको हो ।

 बयालपाटा अस्पतालको आयोजनामा भएको बिदाई कार्यक्रममा अस्पतालका कर्मचारलिे उहाँले यस जिल्लाको स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योग्दानको कदर गर्दै आगामी दिनका लागी शुभकामना दिएका थिए ।

 जिल्लाको समग्र स्वास्थ्य क्षेत्र सुधारका लागी अनवरत रुपमा क्रियाशिल भई सिंगो अछामलाई नेपालकै उत्कृष्ट जिल्ला बनाउन सफल भएको भन्दै उहाँ नेतृत्वको टिमलाई बयालपाटा अस्पतालले धन्यबाद ज्ञापन गरेको छ ।

 बिदाई कार्यक्रममा बोल्दै बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले स्वास्थ्य क्षेत्रको विकास गरी यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन डाक्टर बरालले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । यस्तै

 यस्तै संचालक प्रबन्धक नबिनप्रकाश शर्माले डाक्टर बराल र जिल्ला स्वास्थ्यको टिमले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार गरेकोमा जोड दिनुभयो । साथै जिल्ला स्वास्थ्य र बयालपाटा अस्पतालको समन्वयले औषधी व्यवस्थापनका साथै रिपोटिंग रेकर्डिंगमा पनि सुधार आएको संचालक प्रबन्धक शर्माको भनाई थियो । कार्यक्रममा सहभागी सबैले डाक्टर बरालले गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।

 अस्पतालको आयोजनामा भएको बिदाईमा डाक्टर बराललाई अबिर फुलमाला र दोसल्ला ओडाई बिदाई गरिएको थियो भने कार्यक्रमको संचालन पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!